तीन वटा प्रदेश प्रमुख हटाएर आजै नयाँ नियुक्ति गर्ने सरकारको तयारी


काठमाण्डु – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन वटा प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार देउवाले प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी गरेका छन् । उच्च स्रोतका अनुसार आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिनेछ ।

पहिले देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर केपी ओली सरकारले नयाँ प्रमुख नियुक्त गरेको थियो । त्यसैको सिको गर्दै प्रधानमन्त्री देउवाले पनि पहिलो चरणमा ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement