काठमाण्डु- प्रदेश १ ले आज नाम पाउने भएको छ । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज हुने भएको हो ।
आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नामरण सम्बन्धि प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची रहेको बताए।
उनका अनुसार नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश १ को नामकरणका लागि प्रदेशसभा नियमावली २०७४ को नियम ५८ (ख) बमोजिम प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची छ।
जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन् ।




प्रतिक्रिया