प्रदेश २ को नाम ‘मध्यमधेश’ पनि अस्वीकृत

प्रदेश २ को नाम ‘मध्यमधेश’ पनि अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेशसभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये ‘मध्यमधेश’ नाम पनि अस्वीकृत भएको छ।

‘मध्यमधेश’ नामलाई ४२ मत खसेको थियो । ३० मत नपुग्दा उक्त नाम स्वीकृत हुन सकेन ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाले जानकी प्रदेशका लागि गरेको पहिलो प्रस्ताव अस्वीकृत भएको थियो ।

त्यस्तै प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा दर्ता गराइएको चार वटा प्रस्तावहरुमध्ये नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरासमेत अस्वीकृत भयो ।

प्रदेश नम्बर २ को नामाकरणका लागि दलहरुबीच सहमति नभएपछि मतदान प्रक्रिया अपनाइएको हो ।