सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा सरकार

सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सात प्रदेश प्रमुख पदमुक्त गरेकी थिइन् ।

केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले सात प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको बालुवाटार निकट स्रोतले बतायो ।

तत्कालिन कांग्रेस सरकारले भागबन्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्रदेश प्रमुखमा कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेका थिए ।