सातै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त, कहाँ कुन दलको बन्यो सरकार ?

सातै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त, कहाँ कुन दलको बन्यो सरकार ?


काठमाण्डु- सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनपछि सातै प्रदेशमा नयाँ मुख्यमन्त्री नियक्त भएका हुन् ।

बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री नियुक्तको पक्रिया सम्मपन्न भएको छ । यसअघि प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी चयन भए भने ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका हुन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि प्रदेश १ मा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । त्यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल चयन भएका छन् भने गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन्।

प्रदेश १ को मुख्यमन्त्री एमालेले पाँच वर्ष चलाउने छ भने मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टी आलोपालो गर्नेछन् । त्यस्तै सत्ता गठबन्धनभित्र बाग्मतीमा माओवादी केन्द्र र एमालेले पालैपालो गर्ने सहमति भएको छ ।

त्यस्तै गण्डकी र लुम्बिनीमा पुरा कार्यकाल एमालेले नै चलाउने छ । त्यसैगरी कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो गर्नेछन् ।