काठमाण्डु – प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक सुरु भएको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरणबारे टुंगो लगाउन बैठक सुरु भएको हो । बैठकमा अहिले विपक्षी दल कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडियाले बोलिरहेका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए । मन्त्री केसीले सोमबार उक्त प्रस्ताव छलफलका लागि निर्णयार्थ प्रदेशसभा पेस गरेका थिए ।




प्रतिक्रिया