नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट सपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिबाट सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिशमा चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) लाई राष्ट्रपति भण्डारीले हिजो नियुक्त गरेकी हुन् ।