काठमाण्डु-नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रदेश प्रमुखहरूलाई राष्ट्रपति पौडेलले शीतल निवासमा बेलुका ५ बजे शपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अगाडि बागमती प्रदेश प्रमुखमा यादव चन्द्र शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार थिए । उनीहरुलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेर नयाँ नियुक्ति गरेको हो । शर्मा नेकपा एकीकृत समाजवादी, शेरचन र परियार माओवादीको कोटाबाट प्रदेश प्रमुख बनेका थिए ।
प्रतिक्रिया