प्रदेश सरकार सञ्चालनमा आलोपालोको अभ्यास, केन्द्रले टुंगो लगाउने सहमति

प्रदेश सरकार सञ्चालनमा आलोपालोको अभ्यास, केन्द्रले टुंगो लगाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनले नेकपा एमालेको सरकारलाई ‘क्लिन स्वीप’ गर्दै केन्द्रदेखि प्रदेशसम्मको नेतृत्व लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका दलहरु एकजुट भएर गठबन्धन बनाएका हुन् ।

अहिले संघीय सरकार, गण्डकी प्रदेश र कर्णाली प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ भने प्रदेश १ र बागमतीको नेतृत्व नेकपा एमालेबाट विभाजित बनेको नेकपा (एकीकृत समाजवादी)ले गरेको छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टी र सुदुरपश्चिममा माओवादी केन्द्रले नेतृत्व गरेको छ । अहिले संघ र प्रदेशमा एमाले बाहेक माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त सरकार छ । तर, नेतृत्व आलोपालो गर्ने सहमति पनि गठबन्धनमा भएको छ ।

कर्णालीबाट सुरु भयो आलोपालो

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै सङ्घीय सरकारमा सहभागी दलहरूले प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने अभ्यास कार्यान्वयनमा आएको छ । शाहीले राजीनामा दिएपछि गठबन्धनकातर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेका छन् ।

यता प्रदेश एकको मुख्यमन्त्रीमा राजेन्द्र राईले पनि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । अबको ६ महिनापछि सत्ता आलोपालो गर्ने सहमति जुटेपछि गठबन्धनमा सहमति जुटेको हो । एमालेले पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो । यस्तै एमालेलाई ‘क्लिन स्वीप’ गर्न एकजुट भएका दलहरुले आलोपालो प्रणालीमा सत्ता सहकार्य गरेका छन् ।

आलोपालोको निर्णय केन्द्रले गर्ने

अहिले प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको भएपनि आलोपालोको बिषयमा भने छलफल नभएको बताइएको छ । प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशमा आलोपालो गर्ने भन्ने बिषयमा छलफल नभएको बताए । अहिले भर्खर नेतृत्व लिएका प्रदेशमा मुख्यमन्त्रीहरुलाई काम गरेर देखाउने अवसर दिनुपर्ने उनको भनाइ छ ।

‘प्रदेश १ मा आलोपालोको कुनै छलफल भएको छैन मलाई लाग्छ यो बिषय प्रदेशको पनि होइन यो त केन्द्रले गर्ने निर्णय हो,’  उनले भने, ‘पुर्ववर्ती सरकारले गरेका कदम सच्याउन नै २, ३ महिना लाग्छ त्यसपछि हाम्रा योजना अनुसार काम गर्ने हो हाम्रो गठबन्धनमा यो कुरा सबै स्पष्ट छ ।’

उनले गठबन्धन भित्र कुनै अस्पष्टता नभएको प्रष्ट पारे । प्रदेशका मुख्यमन्त्री फेर्दा सबै सन्तुलन कायम गर्नुपर्ने भएकाले आलोपालोको बिषय केन्द्रमै छलफल हुने उनको भनाइ छ ।

मुख्यमन्त्री राईले भने, ‘म प्रदेश एकको मुख्यमन्त्री अब मलाई हटाउँदा त हाम्रो पार्टीलाई कहि न कतै त दिनै पर्ला त्यसैले प्रदेश सरकार फेरबदल नहोला । म हटे भनेपनि मेरो पार्टीको भागमा परेको त कतै न कतै दिनै पर्ला ।’