प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा न्यौपाने नियुक्त


काठमाडौै- प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन् ।

प्रदेश सरकारको सिफासिरमा प्रदेश प्रमुख अनुराधा कोइरालाले न्यौपानेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव चतुरभुज ज्ञवालीले संविधानको धारा एक सय ६० को उपधारा २ अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement