काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशहरुले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका हुन् ।
गत माघ १५ गते सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उनीहरुविरुद्ध परेको मुद्दामा म्याद तामेल भएको सात दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुने आदेश गरेको थियो ।
अधिवक्ता लोचन भट्टराईले चार जना पूर्वप्रधानन्यायाधीशहरुले अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै अदालतमा अवहेलना मुद्दा दर्ता गरेका थिए ।
अधिवक्ता भट्टराईले संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दा सुनुवाई भइरहेका बेला त्यसलाई प्रभावित पार्ने उदेश्यले दबाब दिइएको आरोप लगाएका थिए ।
केही समय अगाडि चार जना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक भएको बताउँदै अदालते उक्त निर्णय बदर गर्नुपर्ने माग गरेका थिए ।




प्रतिक्रिया