‘लकडाउन’ गर्ने सरकारको तयारी, प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

‘लकडाउन’ गर्ने सरकारको तयारी, प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

सरकारले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अन्य पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । कोरोनाबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने बताइएको छ ।

छिमेकी मुलुक भारतले कर्फ्यू घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउन गर्नेबारे छलफल गर्ने भएको हो ।छलफलका लागि शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलले उच्चस्तरीय बैठक बोलाएका छन् । उनले यसअघि सरकारले जुनसुकै बेला पनि ‘लकडाउन गर्न सक्ने बताएका थिए ।