अन्ततः ओलीले गरे योगेशलाई मन्त्री बनाउने बाचा पुरा

अन्ततः ओलीले गरे योगेशलाई मन्त्री बनाउने बाचा पुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता योगेश भट्टराईलाई मन्त्री बनाएर आफ्नो बाचा पूरा गरेका छन् ।

प्रधानमन्त्री ओलीले कुनै बेला सरकार आफुहरुको बन्ने र योगेश भट्टराईलाई मन्त्रि बनाउने घोषणा गरेका थिए ।

भट्टराइको निर्वाचन क्षेत्र ताप्लेजुङमा गएर नै चुनावी सभामा प्रधानमन्त्रीले  तपाईहरु योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस, मन्त्री म बनाउँछु भन्दै योगेशलाई मन्त्री बनाउने घोषणा गरेका थिए । पहिलो चरणको मन्त्रिपरिषद् विस्तारकै क्रममा भट्टराईको नाम आए पनि पार्टी भित्रको गुटबन्दीको कारण उनकाे नाम परेन । त्यसपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो ।

अन्ततः तिनै भट्टराईलाई आज प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रि नियुक्ति गरेर आफ्नो चुनावी वाचा पुरा गरेका छन् । आज मध्यान्ह ४ बजे नै राष्ट्रपति कार्यालय शितलनिवासमा उनको सपथ हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

ताप्लेजुङबाट निर्वा्चित सांसद भट्टराई नेकपाका स्थायी समिति सदस्यसमेत हुन् । उनी पहिलोपटक मन्त्री बन्दै छन् । योगेश पार्टी्भित्र विचार र संगठन दुवै क्षेत्रमा जुझारु नेताको रुपमा चिनिन्छन्।