प्रधानसेनापति थापा चिन जाँदै


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाने भएका छन् । चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा
प्रधानसेनापति थापा असार १ गते औपचारिक भ्रमणको लागि चीन जाने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको नियुक्ति पश्‍चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमणको भ्रमण टोलीमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहने छन् ।

भ्रमणदल आइतबार एयर चाइनाको फ्लाईटद्वारा काठमाडौंबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले चीनका विभिन्‍न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानसेनापति थापासहितको टोली असार ७ गते स्वदेश फिर्ता हुनछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement