काठमाण्डु– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ ।
बुधबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।
प्राधिकरणले आजदेखि लागू हुनेगरी भाडा घटाएको हो ।
जसमा काठमाण्डु धनगढीका लागि २ सय ६५ रुपैयाँ घटेको छ भने काठमाण्डु–भद्रपुरमा प्रतियात्रु १८० रुपैयाँ घटेको छ ।
यस्तै माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको छ । काठमाण्डु–विराटनगरमा १४०, जनकपुर–नेपालगञ्ज २७० र जनकपुर–धनगढी ३ सय ३० रुपैयाँ घटेको छ ।




प्रतिक्रिया