पुननिर्माण प्राधिकरका प्रमुख ज्ञवाली जेनेभा प्रस्थान

पुननिर्माण प्राधिकरका प्रमुख ज्ञवाली जेनेभा प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी गराएर थप सहयोग जुटाउन ज्ञवाली जेनेभा उडेका हुन् ।

जेनेभामा मे १३ देखि १७ सम्म पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा ज्ञवाली सहभागी हुनेछन् । उनले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यतालिका छ ।

ज्ञवालीले कार्यक्रमबाट नेपालले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा हासिल गरेको अनुभव आदान प्रदान गर्नुका साथै थप सहयोग जुटाउन र विपद् व्यवस्थापनका लागि तयारी गर्न सहयोग पुग्ने बताए ।

सम्मेलनको मुख्य विषय उत्थानशील पुनर्स्थापनाका लागि समावेसिता रहेको छ । ज्ञवालीको टोलीमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कर्मचारी सहभागी छन् ।