काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले एकै दिन ३८ जना कर्मचारीको सरुवा गरेको छ ।
कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापक रूपमा कर्मचारीको सरुवा गरेको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एकैदिन ३८ जनाको सरुवा गरेका हुन् । कार्यसम्पादन सन्तोषजनक नभएका र कतिपयको आवश्यकताअनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।
आइतबार भएको सरुवाअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ ।
त्यस्तै विमानस्थल अपरेशन विभाग प्रमुख प्रताप तिवारीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ भने उनको ठाउँमा देवेन्द्रलाल कर्णलाई सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अभिबृद्धि योजना प्रमुखबाट बाबुराम पौडेललाई हटाइएको छ । उनको ठाउँमा मुरारी शर्मा आएका छन् ।




प्रतिक्रिया