सबै स्वास्थ्य सहयोग कार्यक्रमलाई बीमा बोर्डअन्तर्गत ल्याउनुपर्छ : मन्त्री पौडेल

सबै स्वास्थ्य सहयोग कार्यक्रमलाई बीमा बोर्डअन्तर्गत ल्याउनुपर्छ : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाण्डुमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयमा कानुन नै बनाएर एकीकृत गर्न सके झनै राम्रो हुने बताए ।

उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउन सके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारेका छन् । उनले भने, ‘लक्षित वर्ग स्पष्टसँग छुट्याऔं । त्यसो गर्नसकेमा अहिले नै हामीले लक्षित वर्गलाई थप सुविधा दिनसक्छौं । हामीले नागरिकलाई दिने सेवा छिचोलेर होइन, एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक हुन्छ । सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कैयौ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक देखिन्छ ।’

मन्त्री पौडेलले नागरिकले जस्तोसुकै गम्भीर रोग लाग्दा पनि पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् ।