वीरगञ्जमा नेपाल र भारतका बुद्धिजीवीको जमघट, प्रदीप गिरिमाथि चर्चा

वीरगञ्जमा नेपाल र भारतका बुद्धिजीवीको जमघट, प्रदीप गिरिमाथि चर्चा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीवीहरूको वीरगञ्जमा जमघट भएको छ ।

विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगञ्जमा शनिबार राजनीतिज्ञ तथा बुद्धिजीवी भेला भएका हुन् ।

प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र संघर्षको आलोकमा: प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना भएको कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि भएको हो ।

कार्यक्रममा गिरिको जीवन, विचार र उनका मूल्यहरू (नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव) माथि विचार विमर्श भएको छ ।

कार्यक्रम आयोजनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रूप, युथ कांग्रेस, नेपाल न्युज बैंक लगायतका संघसंस्थाहरू साझेदार छन् ।