सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : पूर्वमन्त्री यादव

सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : पूर्वमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।

बुधबार जसपा जिल्ला समिति पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनुपर्ने र सबै दलहरूलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नुपर्ने धारणा राखे ।

उनले भने, ‘सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भाग लिन हामी तयार छौं । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सरकारले मधेश विरोधी निर्णय गर्‍यो भने मधेशका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले मधेशका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाव दिए ।

गत भदौ २३ र २४ गते देशमा उत्पन्न विषम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालीन सबै मन्त्रीहरू तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भूमिकाको प्रशंसा गर्दै उनले नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।