काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले महामन्त्रीको प्रतिस्पर्धामा उत्रिने घोषणा गरे ।
‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन,’ उनले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’
कांग्रेसभित्र आफूलाई महामन्त्रीमै उम्मेदवार बन्न सुझाव प्राप्त भएको उनले बताए । ‘साथीहरू धेरैले पनि महमामन्त्रीमै गर्नुस् भन्नुभएको छ,’ उनले भने ।




प्रतिक्रिया