क्यानका महानिर्देशक अधिकारी र पूर्वनिर्देशनक भण्डारी पक्राउ

क्यानका महानिर्देशक अधिकारी र पूर्वनिर्देशनक भण्डारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले प्रकाउ गरेको छ ।

बुधबार तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई पक्राउ गरेर अख्तियारले विशेष अदालतमा उपस्थित गराएको छ ।

भक्तपुरको नलिनचोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार उच्च स्रोतले जानकारी दियो ।