काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित विशेष अदालतमा ढकालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनीमाथि १ करोड ४४ लाख ११ हजार ७८७ रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमात्रमा उल्लेख छ । ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव थिए । तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए ।





प्रतिक्रिया