काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासमा नाम लेख्ने अवसर खेर नफाल्न सुझाव दिएका छन् ।
संसदमा पेश भएको संशोधन विधेयकमाथि छलफल गर्दै उनले प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक भूभाग फिर्ता ल्याउनका लागि तयारी नगरेको बताएका छन् ।
‘हाम्रो पालामा भएका गल्तीलाई प्रधानमन्त्रीले आफ्नै कार्यकालमा गल्ती सच्याउने अवसर आएको छ’, उनले भने, ‘लिम्पियाधुरासम्मको भूभाग नेपालीलाई उपभोग गर्न लगाएर आफ्नो नाम इतिहासमा लेखाउनुस् ।’
सांसद गिरिले भूमि फिर्ता ल्याउने हल्ला गरेर प्रधानमन्त्रीले वार्ता नै गर्न नसकेको बताएका छन् । ओलीले आन्तरिक तथा बाह्य दुवैतिर कुनै कुरा नगर्दा समस्या भएको बताएका छन् । ु
‘प्रधानमन्त्रीले दिल्लीसँग कति पटक वार्ता गर्नुभयोरु बेइजिङसँग कुरा गर्न भ्याउनु भयो कि भएन ?, गिरिले भने, ‘यस्तो तयारीले कसरी भूमि फिर्ता हुन्छ ? प्रधानमन्त्रीज्यू स्यालको शिकार गर्न जाँदा पनि बाघको तयारी गर्नुपर्छ नत्र खाली हात फर्किनुपर्छ ।’




प्रतिक्रिया