गुल्मी-१ मा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित


काठमाण्डु –  गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी-१ मा जित हात पारेका हुन् ।

भण्डारी यसअघि २०७४ को निर्वाचनमा गुल्मी-१ मा एमाले उपमहासचिव ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए ।  शुक्रबार सम्पन्न मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् । निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गरेकाे छैन् ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement