काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
महासचिवको आकांक्षी रहेका ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याउने देखेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
अध्यक्ष ओलीको प्यानलमा ज्ञवालीमा उपाध्यक्षमा राखिएको भए पनि उनले उपाध्यक्षमा उम्मेदवार नबन्ने अडान लिएर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । ओलीले महासचिवमा पोखरेललाई नै दोहोर्याउने भएपछि असन्तुष्टि बढेको छ ।




प्रतिक्रिया