डब्ल्युएचओलाई साधन, स्रोत र प्रविधिले सुदृढ गर्नुपर्छः मन्त्री ज्ञवाली

डब्ल्युएचओलाई साधन, स्रोत र प्रविधिले सुदृढ गर्नुपर्छः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘बेल्ट एन्ड रोड इन्टरनेसनल कोअपरेसन, ऐक्यबद्धतासहित कोभिड– १९ को सामना’ शीर्षकमा उच्चस्तरीय भिडियो सम्मेलन सम्पन्न भएको छ ।

चीनका स्टेट काउन्सिलरको अध्यक्षतामा बिहीबार साँझ भएको उक्त सम्मेलनमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भाग लिएका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै ज्ञवालीले बहुपक्षीय संस्थाहरूबाट आपसी सहयोग तथा सामूहिक प्रयासले कोभिड– १९ सँग जुध्न सकिने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई साधन, स्रोत र प्रविधिले थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

बिआरआईले गरेको पहलकदमीको प्रशंसा गर्दै ज्ञवालीले यसले साझेदार देशहरूमा उच्च गुणस्तरीय विकासका लागि भूमिका निर्वाह गरेको पनि उल्लेख गरेका छन् ।

उनले बिआरआईअन्तर्गतको हेल्थ सिल्क रोडसम्बन्धी नयाँ पहलकदमीले कोभिड– १९ महामारीविरुद्ध स्वास्थ्य सामग्री, औषधिको आपूर्ति तथा व्यापारमा सहजीकरण गर्ने, अनुभव र विज्ञता आदानप्रदान गर्न सहजीकरण गर्ने पनि विश्वास व्यक्त गरेका थिए ।

सम्मेलनमा २६ देशका विदेशमन्त्री एवं सरकारी प्रतिनिधि सहभागी थिए । बुधबार उद्घाटन भएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सफलताको शुभकामना दिएका थिए ।