वार्ताका लागि भारतलाई तीन पटक प्रस्ताव गर्‍यौं, जवाफ नै पठाएनः परराष्ट्रमन्त्री ज्ञवाली

वार्ताका लागि भारतलाई तीन पटक प्रस्ताव गर्‍यौं, जवाफ नै पठाएनः परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत नेपालसँग वार्तामा बस्न नचाहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री ज्ञवालीले नेपालले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई आग्रह गरे पनि भारत वार्तामा बस्‍न नचाहेको बताएका हुन् ।

जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको जानकारी गराएका छन् ।

‘गत नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गर्‍यौं । पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा । तर, भारतले कुनै जवाफ नै पठाएन’, उनले भने ।

त्यस्तै उनले चीनले सीमा नमिचेको दाबी गरेका छन् । उनले बैठकमा भने, ‘चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको हो ।’