नेपालको परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्ष हुनु हुँदैन : प्रदीप ज्ञवाली

नेपालको परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्ष हुनु हुँदैन : प्रदीप ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्ष हुन नहुने बताएका छन् ।

परराष्ट्र मामिलाबारे मंगलबार पूर्वराजदूतसँग भएको छलफलमा बोल्दै उनले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् । त्यस्तै उनले एसपीपीको मस्यौदा नेपालको परराष्ट्र नीति प्रतिकूल रहेको बताए ।

‘विश्व शान्ति र असंग्लन परराष्ट्र नीति हुँदाहुँदै एसपीपी जस्तो कार्यक्रमको मस्यौदा कसरी सार्वजनिक भयो ? अचम्म लागेको छ। त्यो हाम्रो हित अनुकूल छैन,’ उनले भने । त्यस्तै प्रतिपक्षी, मिडिया तथा बुद्धिजिवीको दबाबले सरकारले अहिले खारेज गर्ने प्रकृया बढाएकोमा धन्यवाद दिए ।