भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रचण्डको ‘कपिपेस्ट’ : प्रदीप ज्ञवाली

भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रचण्डको ‘कपिपेस्ट’ : प्रदीप ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू प्रचण्डको कपीपेस्ट जस्तो भएको बताएका छन् ।

ललितपुरको च्यासलमा विहीबार बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्‍चारकर्मी सँग उक्त टिप्पणी गरेका हुन् ।

उनले भने, ‘नेकपाकालमा प्रचण्डले तत्कालीन अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि यिनै भाषामा अभियोगहरू लगाउनु भएको थियो । सायद १९ पेजको थियो जस्तो लाग्छ । भीम रावलको हिजोको गालीगलोज पनि एक किसिमको कपिपेस्ट जस्तै हो ।’

रावललाई एमालेले पार्टीबाट निकाले पछि बुधबार केपी ओलीमाथि ७४ प्रश्‍न तेर्स्याएका थिए । उनले रावलले गरेका प्रश्न र गालीगलौजले उनीभित्र कति नकारात्मक कुरा भरिएको भन्ने प्रष्ट भएको बताएका छन् ।