परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमण : चिनियाँ राष्ट्रपति नेपाल आउने


काठमाडौं – चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने सकेंत गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको बताउँदै वाङले सीको भ्रमणको बारे थप छलफल गर्नुपर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो  । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन्  ।

‘उच्चस्तरीय भ्रमण (राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना)मा हामी सकारात्मक छौँ  । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement