नेपाल जस्तो अविकसित देशको आवाज ‘जी-२० फोरम’मा सम्बोधन हुनु महत्वपूर्ण : परराष्ट्रमन्त्री

नेपाल जस्तो अविकसित देशको आवाज ‘जी-२० फोरम’मा सम्बोधन हुनु महत्वपूर्ण : परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निष्पक्ष, पारदर्शी र न्यायमा आधारित विश्व व्यवस्थाको प्रवर्द्धनका लागि अन्तर्रा्ष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।

साताव्यापी चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री ज्ञवालीले चीनको डालिनमा आयोजित विश्व आर्थिक मञ्चको १३औं वार्षिक सम्मेलनको अनौपचारिक ‘जमघट’ सत्रलाई सम्बोधन गर्दै ज्ञवालीले सबै राष्ट्रबीच उपकरण, स्रोतसधान र अवसरको समान वितरण आवश्यक भएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले ‘जी—२० फोरम’ लाई सम्बोधन गर्दै नेपालजस्ता अति कम विकसित देशको आवाजको पनि ‘जी—२० फोरम’मार्फत सम्बोधन हुनु महत्वपूर्ण भएको बताए ।

उनले भने, ‘व्यापार क्षमता निर्माण, आर्थिक पहुँच, प्रविधि हस्तान्तरण तथा सुरक्षित, व्यवस्थित र सम्मानजनक श्रम आप्रवासनसँग सम्बन्धित अति कम विससित देशको विकास आवश्यकता र चिन्ताको सम्बोधन गर्नु महत्वपूर्ण विषय हो ।’

मन्त्री ज्ञवालीले डालिनमा रहेका नेपाली समुदायसँग पनि अन्तर्क्रिया गरेका थिए । उनले चीनमा सिकेको ज्ञान र सिपलाई स्वदेश फर्केर देशको विकासका लागि राम्रोसँग उपयोग गर्न पनि आग्रह गरे नेपाली समुदायलाई आग्रह गरे ।

मन्त्री ज्ञवालीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् ।