परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, यस्तो छ भ्रमण तालिका

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै, यस्तो छ भ्रमण तालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन जाने भएका छन् ।

मन्त्री ज्ञवाली विश्व आर्थिक मञ्चको यही असार १६ देखि १८ गतेसम्म चीनको डालियानमा आयोजना हुन लागिरहेको बैठकमा सहभागि हुन चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले भोली फोरमको बैठकलाई सम्बोधन गर्ने तालिका रहेको छ । उनी सन् २०२० को ‘जि–टेवेन्टी’ एजेण्डा तय गर्न बस्ने बैठकमा समेत सहभागी हुनेछन् ।

यता चीन भ्रमणमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिज्ञ तथा व्यापारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । उनी बुधवार डालियानबाट बेइजिङ पुग्नेछन् ।

बेइजिङमा उनले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने तयारी छ । उनी असार १८ गते स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।