मन्त्री भएपछि ७ लाख नगद,केही घरायसी सामान र दुई सय जति पुस्तक थपियो : प्रदिप ज्ञवाली

मन्त्री भएपछि ७ लाख नगद,केही घरायसी सामान र दुई सय जति पुस्तक थपियो : प्रदिप ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्रीबाट बिदा भएका एमाले नेता प्रदीपकुमार ज्ञवालीले आफ्नो आफ्नो आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका छन् । मन्त्रीबाट बिदा भएकै दिन हिसाव सार्वजनिक गर्ने ज्ञवाली पहिलो मन्त्री हुन ।

उनले मन्त्री रहंदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयां पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयां १३ पैसा सरकारी कोषमा दाखिला भएको र हाल आफ्नो खातामा ७,४१,७७५ रुपैयां ६० बचत रहेको जानकारी गराएका छन् ।

पदमुक्त भएकै दिन सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता ज्ञवालीले मन्त्री भएपछि केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनले दावी गरेका छन ।

ज्ञवालीले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) समेत आजै मन्त्रालयलाई फिर्ता गरेका छन् । उनले आज पुल्चोकस्थित सरकारी निवास पनि छोड्ने जानकारी दिएका छन् ।