अभिनेता प्रदीपले पाए भारतमा अवार्ड


काठमाण्डु- अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड जितेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।

अभिनेता खड्काले आफूले अवार्ड पाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा अवार्डको तस्बिरसहित आयोजकलाई धन्यवाद समेत दिएका छन् । ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुन् । फिल्मको हिन्दी संस्करण भारतमा पनि प्रदर्शन भएको थियो ।
ि

प्रतिक्रिया दिनुहोस
Advertisement