महामन्त्री भएकोमा शर्मा र थापालाई प्रदीप पौडेलले दिए बधाई

महामन्त्री भएकोमा शर्मा र थापालाई प्रदीप पौडेलले दिए बधाई


काठमाण्डु – नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई नेता प्रदीप पौडेलले बधाई दिएका छन् ।

पार्टीमा रुपान्तरण भएको भन्दै १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्रीका उम्मेदवार पौडेलले दुबैको जितमा आफू खुसी भएको बताएका हुन् ।

उनले भने,‘पार्टीमा रुपान्तरण भएको छ । म उहाँहरुको जितमा खुसी भएको छु ।’