डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री पौडेलले भने, ‘साउन महिनामा डेंगी लाग्ने सुरुवात हुन्छ । सुरुको महिनामै जनचेतना फैलाउने र पूर्वतयारी गर्ने हो भने भदौ, असोज र कात्तिकमा डेंगीको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ ।’

पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने बताउँदै गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिए । ‘यसको परीक्षणमा पनि शुल्क तय गरिनुपर्छ । मान्छे गरिब छ, दुःख परेको छ भने उसबाट झन धुत्न खोज्ने रु निजीलाई पनि यसको शुल्क निर्धारण गरिनुपर्छ,’ उनले भने, ‘निःशुल्क गराउनसक्छौँ भने निःशुल्क गराउन प्रयत्न गर्नुपर्छ । दूरदराजमा धेरै समस्या छ ।’‘खान लगाउन समस्या छ अनि यसको जटिलता थपिएपछि कस्तो अवस्था हुन्छ रु’

सचेतनाको माध्यमबाट मात्र डेंगी नियन्त्रण गर्न सकिने उल्लेख गर्दै मन्त्री पौडेलले लार्भा नष्ट गर्न र आफ्नो वरपर सफा राख्न सबैलाई आग्रह गरे । ‘हामी जति सचेत भयौं, त्यति नै अरूलाई पनि सचेत गराउन सक्छौं ।’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले आगामी दिनमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेंगी नियन्त्रणमा सहकार्यका कार्यक्रम अघि बढाउने जनाएको छ ।