काठमाण्डु– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकाका स्थानीय तहहरुबीच बैठक डाकेका छन् ।
उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।
साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाई उद्दृद्ध गर्दै मन्त्री पौडेलले यसलाई भयावह बन्न नदिन स्थानीय तहबाट साथ र सहकार्यको उद्देश्य राखेको बताए ।




प्रतिक्रिया