काठमाण्डु – नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् । सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् ।
उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् । लेप्चाले ९८९ मत पाए । ओखलढुंगाका सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।




प्रतिक्रिया