सहिदको नाममा दियो बालेर सांसद प्रदिप यादवले मनाए दिपावली

सहिदको नाममा दियो बालेर सांसद प्रदिप यादवले मनाए दिपावली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले सहिदको नाममा वीरगन्जको घण्टाघरमा दिपावली मनाएका छन् ।

२०६२/०६३ र २०७२/०७३ लगायत विभिन्न समयमा देशका लागी सहादत प्राप्त गर्नुभएको ज्ञात अज्ञात सहिदहरुको सम्झनामा सांसद प्रदिप यादवले दिपावली मनाउन सुरु गरेका हुन् । हाम्रा लागी आफ्नो घरभन्दा पहिला देशका लागी आहुति दिएका सम्पुर्ण सहिद अति महत्वपुर्ण भएकाले वीरगंजको घण्टाघर, सहिद रामजन्म तिवारीको शालीक लगायतको स्थानमा पाँच सय एक दियो बाली दिपावली मनाएको उनले बताए ।

सयौँ सर्वसधारण, स्थानीय, व्यापारी, समाजसेवी लगायतको सहभागितामा आयोजना गरेको दिपावली कार्यक्रममा शुभकामना दिनुहुँदै सांसद यादवले देशको एउटा ठुलो संख्याका जनताको मागलाई सम्बोधन गर्न थाति राख्दै नयाँ संबिधान जारी भए उपरान्त देशमा ३ तहको निर्वाचन सम्पन्न भई सबै राजनीतिक दल तथा आम जनता आ–आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्वरुपमा अगाडि बढ्नुमा हाम्रा प्रातःस्मरणीय सहदिहरुको योगदान बिर्सिन नसकिने बताए ।

बारम्बार सहिदको सपना जनताको चाहना अनुरुप ‘संबिधानलाई अझ जनआपेक्षित रुपमा परिमार्जन गर्न हामी झकझकाईरहने समेत वाचा गरे । दिपावली तथा छठपर्वको सम्पुर्ण जिल्लावासी, नगरवासीमा शुभकामना दिँदै उनले आ–आफ्नो गाऊँ ठाउँको विकास नै सहिदको सच्चा श्रदाञ्जली हुने बताएका थिए ।

घण्टाघर र सहिद रामजनम तिवारीको शालिकस्थल साजसज्जा गरी दिपावली मनाइएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रदेश सांसद सिहासन साह कलवार, मन्जुर अन्सारी, भिमा यादव, करिमा बेगम, जन्नत अन्सारी, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला उपाध्यक्ष, जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष ईश्वर यादव, जिल्ला सदस्य नुर आलम अन्सारी, नासिर खान, धनश्याम गुप्ता, विरेन्द्र यादव, वडा नं. १३ का वा अध्यक्ष तुफान अन्सारी, असलम अन्सारी, युवा नेता निखिल वर्णवाल लगायतको सहभागिता रहेको थियो ।