प्रधानमन्त्री अोलीको प्रतिबद्धताः बढ्दो व्यापार घाटालाई सुधार्छु


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बढ्दो व्यापार घाटालाई सुधार्ने प्रतिबद्धता व्यक्त्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको बढ्दो व्यापार घाटालाई तत्काल सल्ट्याउन नसकेपनि अनपेक्षित सुधार ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारका सम्पूर्ण प्रयास उत्पादन वृद्धि, आकर्षक रोजगारी र आकर्षक अवसरका लागि केन्द्रीत हुने बताउँदै शान्ति, स्थायित्व र सम्वृद्धिका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रीत गर्ने बताए ।

कार्यक्रममा उनले आगामी ५ वर्षमा नेपालले असाधारण विकासको फड्को मार्ने बताए ।

यसैगरी अर्थमन्त्री युवराज खतिवडाले चालू घाटा कम गर्नका लागि सरकारले निर्यात प्रर्वद्धनलाई प्रमुख प्राथमिकता जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement