एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाई विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा चयन भएका छन् । प्रह्लाद दास दामोदर राव मोदी अन्तरिम अध्यक्षको रुपमा चयन भएका हुन् ।
यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अध्यक्ष रहेका थिए । भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको हो ।
अध्यक्षमा चयन भएपछि आफूले नेपाललाई हिन्दु अधिराज्य कायम गराउन भूमिका खेल्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोदी भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका छन् । विश्वका ४५ देशमा शाखा रहेको विश्व हिन्दु महासंघको मुख्यालय काठमाण्डुमा रहेको छ ।




प्रतिक्रिया