काठमाण्डु – राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाण्डु जिल्ला अधिवेशनमा बुधबार तनाव भएको छ ।
अधिवेशनमा विवाद बढेपछि सदस्यहरूबीच हात हालाहालको स्थिति आएको थियो । केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो ।
राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच विवाद भएको हो ।
पार्टीको जारी विवादलाई लक्षित गर्दै अधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।




प्रतिक्रिया