औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल पाण्डे चयन

औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल पाण्डे चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। आज भएको अधिवेशनले पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो ।

नयाँ कार्यसमतिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ । यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका एपोनले जनाएको छ ।

११ सदस्यीय नयाँ कार्यसमितको कार्यकाल दुई बर्षको रहने छ । जी नारायण बहादुर क्षेत्रीको कार्यकाल पुरा भएपछि एपोनले नयाँ कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले संघलाई अझ मजबुत बनाएर लैजाने बताए ।

औषधि विषयमा एमफार्म गरेका पाण्डेले एमबिबिए पढाइसमेत पूरा गरेका छन्। उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का एसोसिएट प्रोफेसर समेत हुन् ।