राप्रपा अध्यक्ष लोहनी भन्छन् : व्यापारीलाई मन्त्री बनाउनै हुँदैन् भन्नु गलत

राप्रपा अध्यक्ष लोहनी भन्छन् : व्यापारीलाई मन्त्री बनाउनै हुँदैन् भन्नु गलत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले व्यापारीलाई मन्त्री बनाउनै हुदैन भन्ने तर्क पनि ठिक नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अधिकांश नेपालका राजनीतिज्ञहरू सत्ता दुरुपयोग गरि पैसा कमाउन कस्सिएका व्यापारी भएकाले मन्त्री बनाउनै हुँदैन भन्ने तर्क ठिक नभएको बताएका हुन । वार्षिक आम्दानीको श्रोत र नेपालका राजनीतिज्ञहरूले तिरेको करको रेकर्ड हेरे उनीहरूको नियत तत्काल थाहा हुने उनले दाबी गरेका छन ।

उनले लेखेका छन, ‘यथार्थ के छ भने अधिकांस नेपालका राजनितीज्ञहरु सत्ता दुरुपयोग गरि जति सकिन्छ वढि पैसा कमाउन कस्सिएका व्यापारी हुन । यो कुरा उनिहरुको संम्पति, उनिहरुको वार्षिक आम्दानीको श्रोत र उनिहरुले तिरेको करको रेकर्ड हेरे तुरुन्त थाहा हुन्छ । अव अरवाैं खुला व्यापार गर्ने व्यवसायीहरु हामिलाइ पनि सत्ता चाहियो भन्न थालेका छन । उनिहरुसंग भएको सिपको राष्ट्रले उपयोग गर्न सके ठिकै हो तर यसका लागि निम्न कुराहरुमा ध्यान पुराउनु पर्छ ।

(क) आफुलाइ ठुला औधोगिक घराना भन्ने ठुला व्यापारी लगायत सवै खुुला व्यापारी हरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कुन कम्पनीमा काहा,कति लगानी र सम्पत्ति छ लगानीमा पार्टी नेताहरूको हिस्सा छ(छैन भन्ने सुचना लगायत आफुले कमायको संम्पतिको श्रोत सार्वजनिक गर्नु पर्छ ।

(ख) पदमा रहुन्जेल खुला व्यापारी मन्त्री हरुले आफ्नो सवै व्यापारीक स्वार्थ वाट अलग भयको सुनिश्चितता गर्नु पर्छ र यस्को लागि अविलम्ब आवश्यक कानुन सरकारले वनाइ लागु गर्नु पर्छ ।

२) कतिपय विकासउन्मुख र विकसित देशहरूमा समेत अर्वपतिहरु सत्तामा जान वा मन्त्रीहुन हतार गर्दैनन् या चाहादैनन किनभने आफ्नो व्यापारको धेरै कुरा खुलाउन पर्छ र विवादमा परिन्छ। नेपालमा पनि केहि ठुला घरानाहरुले यो कुरा वुझेका छन र सकेसम्म आफु राजनीतिमा देखा परेका छैनन ।

तर नेपालमै एकथरि ठुला व्यापारी घरानाहरुको वढदो प्रतक्ष्य राजनैतिक प्रभावका कारण व्यापारीहरु लाइ नेपालको जुनसुकै नेतासंग या जुनसुकै निकायमा पनि सेटिङ मिलाउन सकिन्छ भन्ने विस्वास वढेको छ।यो कुरा जनताले चाडै वुझ्नु जरुरि छ नत्र भने लुकेका राजनीतिक(व्यापारी र खुला व्यापारी राजनीतिज्ञको डवल दोहनमा देश पर्न सक्छ ।

३) पत्रकार विजय कुमारले म संग भनेका थिय यो एक्काइसौं सताप्दि वैश्य युग हो।कुरो ठिक हो तर आम जनताको हित संग नियमन र नियन्त्रण को संरचना संग नजोडियको वैश्ययुग जंगलयुगमा रुपान्तरित हुन गाहारो छैन ।

विसौ सताप्दिको सुरुमा यो प्रवृत्ति प्रष्ट रुपमा अमेरिकामा देखियको थियो।त्यसैले ठुला व्यापारी र ठुला राजनितीज्ञ विचको वडो ठुलो संघर्ष पछि केहि समय लाइ नियन्त्रण गरियो ।

(४) नेपाल को सन्दर्भमा ठुला दलका नेतामा डन हुने चाहाना छ अनि अर्थतन्त्रका नया व्यापारीक डन निस्कदै छन।यि दुइ डन समुह विच एक अर्का लाई कानुनको उपेक्षा गरेर पनि संरक्षण गर्ने संस्कृति वढेर जाने देखिन्छ।गयको सरकारले यो दिशामा नया किर्तिमान नै स्थापित गरेको थियो ।

यस्ता प्रवृत्तिमा नियन्त्रण र नियमन गर्न संवैधानिक निकायहरुमा भागवन्डाको संस्कार छोडेर निस्पक्षता र उत्कृष्टताको मापदण्ड लागु गर्ने र जनस्तरमा निरन्तर सजगता नअपनाउने हो भने नेपाल समाजवाद उन्मुख नभयर पार्टीका डन र व्यापारीक डन उन्मुख डनवाद देशमा रुपान्तरण हुनेछ । यस क्रममा जनताको आक्रोस लाइ नजर अन्दाज गर्नु अर्को ठुलो भुल हुने निश्चित छ ।’