मन्त्री ज्वालालाई बर्खास्त गर्न आनाकानी ! एकीकृत समाजवादीको अर्कै तर्क

मन्त्री ज्वालालाई बर्खास्त गर्न आनाकानी ! एकीकृत समाजवादीको अर्कै तर्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालकुमारी घटनाको छानबिन प्रतिवेदनमा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न आनाकानी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन बुझेपछि पनि तुरुन्तै ‘एक्सन’ नलिएर विलम्ब गरिरहेका छन् भने मन्त्री ज्वालाको पार्टी नेकपा एकीकृत समाजवादीले अर्कै तर्क गरेको छ ।

नेकपा एकीकृत समाजवादीको आज बिहीबार बसेको सचिवालयको बैठकले मन्त्री ज्वालाबारे प्रधानमन्त्रीको निष्कर्ष आइसकेपछि निर्णय लिनेबारे छलफल गरेको छ । प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन अध्ययन गरी नसकेको र निष्कर्षमा नपुगेको एकीकृत समाजवादीको तर्क छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएकाले आफूहरूले समेत पढ्न नपाएको तर्क गरे । ‘प्रधानमन्त्रीले प्रतिवदेन अध्ययन गरिसकेपछि निष्कर्षको आधारमा अघि बढ्ने भन्नुभएको छ । उहाँले अध्ययन गरिसक्नुभएको छैन । प्रतिवेदन सार्वजनिक नभएकाले हामीले पढ्न पाएका छैनौं, त्यहाँ कसलाई कुन कारणले दोषी देखाइयो भन्ने अहिलेसम्म जानकारी पाउन सकेका छैनौं,’ उनले भने, ‘उहाँ गृहमन्त्री पनि होइन । समस्या ईपीएसको श्रममन्त्री पनि होइन, उहाँलाई के कारणले दोषी देखाइएको छ भन्ने कुरा खुल्न सकेको छैन । त्यसैले प्रतिवदेन नपढी निष्कर्ष निकाल्न सकेका छैनौं ।’

बालकुमारी घटनामा मन्त्री ज्वालाको सरकारी गाडीमा आगजनी र २ जनाको मृत्यु भएको थियो ।