काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अब संविधान संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएका छन् ।
बिहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएकाले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणाली छ । अहिले सभापतिले अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनसक्छ । अब त्यस बाटोमा नेपाली कांग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनुपर्छ ।’




प्रतिक्रिया