पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

पहिलो चरणमा प्रकाश ज्वालालाई मन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ । आज केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई एकजना मन्त्रीको नाम आजै दिन आग्रह गरेका थिए । त्यसपछि माधव नेपालले आकस्मिक बैठक बोलाए । उक्त बैठकले ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन गर्ने तयारी गरेका छन् । जसअनुसार बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने भएको हो । सरकारलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले भोली चार जना भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।