काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैं जोगाउनुपर्ने बताएका छन् ।
बुधबार काठमाण्डुमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्विलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनुपर्छ । यसको संरक्षण गर्नैपर्छ ।’
उनले एउटा निश्चित कालखण्डको अभिलेख आफैंमा सम्पदा भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । जति पनि प्रधान न्यायालयसँग जोडिएका फैसलाका अंक र प्रकाशनहरू छन्, त्यो एकदमै प्रशंसनीय काम भएको पनि उनको भनाइ छ ।




प्रतिक्रिया