सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा. महत

सरकार चुनावी वातावरण बनाउन गम्भीर देखिएन : डा. महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार चुनावी वातावरण बनाउन गम्भीर नदेखिएकाले निर्वाचन हुने नहुने अन्योल रहेको बताएका छन् ।

शुक्रबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले निर्वाचन गर्ने मिति तोकिए पनि चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर नदेखिएको बताएका हुन् ।

उनले भने, ‘निर्वाचन गर्ने मिति तोकिएको छ । राजनीतिक रूपमा जनताप्रति विश्वास गर्ने पार्टी भएकाले कांग्रेस जनतामा जाने कुरालाई नकार्न सक्दैन । तर सरकार चुनावलाई सहज, निष्पक्ष, धाँधलीरहित र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वातावरण बनाउन सरकार गम्भीर देखिएको छैन । निर्वाचन हुन्छ, हुँदैन भन्ने कुरा पनि अन्योलमा परेको छ ।’

उनले संवैधानिक व्यवस्थामा हाल निर्माण भएको सरकार र संसद विघटनको कार्य असंवैधानिक रहेको बताए ।

चुनावी वातावरण सिर्जना हुन नसक्दा संसद् पुन:स्थापनाको बाटो पनि खुल्ला राख्नुपर्ने डा. महतको भनाइ छ ।